Header Ads

सिँचाइ मन्त्रालय सात करोडमा ठेक्का, तीन करोड देखेपछि मन्त्री बेहोस !

काठमाडौं, ३० मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा.शकांक कोइरालाको कोटामा सिंचाई मन्त्री बनेका दीपक गिरी र सचिव गजेन्द्रकुमार ठाकुरबीच मन्त्रालयका ठेक्का पट्टामा सहमति भएको छ ।
यी दुईबीचको हिमचिमबाट आर्जित रकम मन्त्री गिरीले पुरानो बानेश्वरमा रहेको अनुपम फुडल्याण्डमा लगानी गरेको खुलासा भएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
स्रोतका अनुसार मन्त्री गिरीले सिंचाई मन्त्रालयको ठेक्कापट्टा, सरुवा, बढुवालगायतका पैसा संकलन हुने सबै काम सात करोड रुपियाँमा सचिव ठाकुरसँग ठेक्कामा लगाएका हुन् ।
सात करोड ठेक्का वाफतको तीन करोड रुपियाँ मन्त्री गिरीले पाइसकेका छन् । यो रकम उनले दसैँ अगाडि नै एकमुष्ठ सचिव ठाकुरसँग लिएको स्रोतको दाबी छ । हुन त सचिव ठाकुरले भ्रष्टाचार गरेको भन्दै अख्तियारले छानविनको दायरामा राखिसकेको छ । तै पनि सचिव ठाकुरको आर्थिक आचरणमा कुनै सुधार भएको छैन ।
सचिव ठाकुरले भ्रष्टाचार वापतको सो रकम एकमुष्ट दिएपछि मन्त्री गिरीलाई ‘हृदयघात’ भएको स्रोतको भनाई छ । हृदयघात भएपछि मन्त्री गिरीलाई दशैं अगाडि थापाथलीको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
स्रोतका अनुसार अस्पतालबाट डिस्चार्ज भएपछि मन्त्री गिरीले महामन्त्री डा.शशांक कोइरालालाई ११ लाख रुपियाँ दशैं खर्च भनेर सहयोगमार्फत पठाएका थिए । तर, सचिव ठाकुरलाई सात करोडमा पूरै मन्त्रालय ठेक्का लगाएर तीन करोठ बुझेको जानकारी पाएका डा.कोइरालाले ‘यो पैसा मलाई चाहिँदैन दीपकजीलाई नै दिनु’ भनेर फिर्ता पठाइदिएको स्रोतको दाबी छ ।
पैसा फिर्ता पठाइदिएपछि सिचाइमन्त्री गिरी र महामन्त्री डा.कोइरालाको आजकाल सम्बन्ध खासै राम्रो छैन । महामन्त्री डा.कोइरालासँग सम्बन्ध विग्रिएपछि मन्त्री गिरी बुढानिलकण्ठस्थित देउवा दरबारमा दैनिक सरह धाउन थालेका छन् । मन्त्री गिरीले ‘कोइराला क्याम्प छाडे अब म सभापति शेरबहादुर देउवाको मान्छे भइसके’ भनेर आफू निकटकाहरूलाई भन्ने गरेका छन् । छिटो रिसाउने बानि भएका मन्त्री गिरीको आसपास आजकाल उनका विजनेश साझेदारहरूले दिनभरि घेराबन्दीमा राखेका हुन्छन् ।
दाङतिर घर भएका विजनेश साझेदारहरूसँग मन्त्री गिरीको अलि धेरै उठबस हुने गरेको स्रोतको भनाइ छ । पुल्चोकस्थित मन्त्री निवासमा ती विजनेश साझेदारहरूसँग बेलुका–बेलुका दैनिक सरह पार्टी हुने गरेको स्रोतको भनाइ छ । मन्त्री गिरीले कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूका भाइको पनि सुरुवा गर्न नमानेको स्रोतको भनाई छ । महामन्त्री डा.कोइरालाले बडूका भाइले भनेको ठाउँमा सरुवा गरिदिनु भन्दा पनि मन्त्री गिरीले नमानेपछि गिरीसँग डा.कोइराला आक्रोशित भएका छन् ।
स्रोतका अनुसार मन्त्री गिरीको आर्थिक आचरण र व्यवहारबाट आजित भएपछि महामन्त्री डा.कोइरालाले सिचाईमन्त्रीबाट हटाएर सो स्थानमा दीपक खड्कालाई पठाउने तयारी समेत गरेका थिए । तर, मन्त्री गिरीले भित्रबाट सेटिङ मिलाइर खड्कालाई खानेपानी राज्यमन्त्रीमा पठाउन सफल भएका थिए ।
by : www.dainiknepal.com

No comments

Powered by Blogger.