Header Ads

अमेरिकामाथि आक्रमण गर्ने उत्तर कोरियाको धम्की

काठमाडौं, पौष ७ । सोनी पिक्चर्स कम्पनीमाथि भएको साइबर हमला प्रकरणमा उत्पन्न तनावकाबीच उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्ने धम्की दिएको छ ।

आतंकवादलाई प्रायोजन गरेको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियालाई आतंकवादी मुलुकको सूचीमा राख्ने चेतावनी दिएलगत्तै उत्तरले आक्रमणको ताजा धम्की दिएको हो । यद्यपि, यो आक्रमण कस्तो हुने भन्ने उसले प्रष्ट्याएको छैन ।

आक्रमण ह्वाइट हाउस, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) या अमेरिकाको कुनैपनि भूभागमा हुनसक्ने चेतावनी उत्तरले दिएको छ ।

सोनी पिक्चर्समाथि भएको साइबर हमलामा उत्तर कोरियाको हात रहेको अमेरिकी दाबीलाई उसले अस्वीकार गर्दै आएको छ । सोनीले बनाएको उक्त सिनेमामा उत्तर कोरियाली नेताको काल्पनिक हत्या गरिएको देखाइएपछि पिक्चर्स ह्याक गरिएको थियो । ह्याक गर्नुमा उत्तर कोरियाको हात रहेको आरोप अमेरिकाको रहेको छ ।

उत्तर कोरियाको आधिकारीक ‘सेन्ट्रल न्यूज एजेन्सी’ले निकालेको विज्ञप्तिमा उत्तर कोरियाली सेना र जनता अमेरिकासँग युद्धका लागि तयार रहेकोसमेत उल्लेख गरिएको छ । साइबर संसारमै भएपनि युद्ध गरिने विज्ञप्तिमा उल्लेख छ । सोनी आक्रमणमा उत्तर कोरियाको हात रहेका भन्दै अमेरिकी राष्ट्रपति ओबामाले अफवाह फैलाइरहेको पनि उसले जनाएको छ । (एजेन्सी)

No comments

Powered by Blogger.