Header Ads

काठमाडौंमै विद्यालय नेपाली, विद्यार्थी भारतीय


काठमाडौं, ३० मंसिर । विद्यालय नेपाली, तर त्यहाँ अध्ययन गर्ने प्रायः सबै विद्यार्थी भारतीय नागरिकका छोराछोरी । यो दृश्य नेपाल–भारत सीमा क्षेत्रमा रहेको विद्यालयको होइन, राजधानी काठमाडौंको केन्द्र मानिने टेकुस्थित सबल धोला प्राविको हो ।
आजको नयाँ पत्रिकामा खबर छ– टेकुको सबल बहालमा रहेको यो सार्वजनिक विद्यालयमा प्रावि तहमा एकजना नेपाली नागरिकका छोराछोरी मात्र अध्ययन गर्छन् ।
अधिकांश भारतीय नागरिकका छोराछोरीले यो विद्यालय चलेको छ ।
त्यहाँ पुग्दा त्यो विद्यालय हो–होइन भन्ने छुट्याउन मुस्किल पर्छ । न त विद्यालयको बोर्ड नै छ, न कुनै सरसफाइ । नेपाली अभिभावकका छोराछोरी नहुँदा विद्यालय व्यवस्थापन समितिसमेत गठन हुन सकेको छैन ।
पछिल्ला समय सार्वजनिक विद्यालयमा विद्यार्थी घट्दै गइरहेका बेला सबलधोला प्राविमा भने स्थानीय बासिन्दाले आफ्ना छोराछोरी पढाउनसमेत छाडेका छन् ।

No comments

Powered by Blogger.