Header Ads

कमेडियन कपिललाई ५ वर्षसम्मको जेल सजाय हुनसक्ने!



३० मंसिर, एजेन्सी।
बिएमसी घुस काण्डमा भारतीय कमेडियन कपिल शर्मा विरुद्ध बुधबार वर्सोवा प्रहरी थानामा एफआईआर दर्ता भएको छ। सामाजिक काम गर्दै आएका आभा सिंह नामका व्यक्तिले पुरानो एक काण्डमा फेरी जाँच गर्न माग गर्दै मुद्धा दर्ता गराएका हुन।

कपिलले करिब २ महिना अघि ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसंग भ्रष्टाचारको गुनासो गरेका थिए। लगतै महाराष्ट्रका चिफ मिनिस्टर देवेन्द्र फडंवीसले ती घुस माग्ने व्यक्तिको नाम सोधे, तर कपिलले नाम भनेनन्। अब यहि काण्ड दुई महिनापछि फेरी उठाइएको छ।

कपिल विरुद्ध इन्भावयरनमेन्ट प्रोटेक्शन एक्टको सेक्शन १५, IPC १८७ र MRTP को सेक्शन ५२ अन्तर्गत मुद्धा दर्ता भएको छ। जसमा दोषी पाइए १ देखि ६ महिना, ३ वर्ष, वा ५ वर्षसम्म जेलको सजाय हुन सक्छ।

अदालतले के भन्यो?
अदालतले भनेको छ कपिल विरुद्ध मुद्धा दर्ता हुनुपर्छ किनकी घुस माग्ने र दिने दुवै दोषी हुन। कपिलसंगै ती व्यक्तिहरु माथी पनि मुद्धा दर्ता हुनुपर्छ जसले घुस मागे।


के थियो पहिलेको मुद्धा
कपिलले सेप्टेम्बरमा एक ट्वीट गर्दै लेखेका थिए ‘मैले पछिल्लो ५ वर्ष देखि १५ करोड कर तिर्दै छु। तर मैले अफिस बनाउनको लागि बीएमसी (वृहन मुम्बई महानगरपालिका) लाई ५ लाख घुस दिनुपर्नेछ।’



कपिलको ट्वीट पश्चात चिफ मिनिस्टर फडंवीसले ट्वीट गरेका थिए, ‘कपिल भाई पुरै जानकरी दिनु। बीएमसी कमिश्नरलाई सख्त कारवाहीको निर्देशन दिएको छु। हामी दोषीलाई छोड्दैनौँ।’

कपिलको यो अफिस अंधेरी वेस्टमा बन्दै थियो। यसको पछिल्लो हिस्सामा उनको घर हुनेछ। अफिस निर्माणको कामलाई अवैध बताएर भत्काइने बीएमसीको सूचनाको विरुद्ध कपिलले उच्च अदालतमा पिटीशन दर्ता गरेका थिए।

ट्वीटमा विवाद
बीएमसीको भ्रष्टाचार सार्वजनिक गरेपछि कपिल शर्मा आफ्नै घेरिएका थिए। कपिल विरुद्ध मुम्बई प्ररीमा साइबर सेलमा मुद्धा दर्ता गरिएको थियो। घटना भएको बेला खबर नगर्ने अनि सामाजिक सञ्जालमा घटना भइसकेपछि लेखेको भन्दै कपिललाई सोधपुछ गरेर आरोपी अधिकारी विरुद्ध कारवाही हुनुपर्ने भनी कपिललाई मुछिएको थियो।
http://nepaliheadlines.com/

No comments

Powered by Blogger.