Header Ads

मेलम्चीमा भेटिएको पहेँलो वस्तु सुन नभएको पुनः पुष्टि

काठमाडौं, ३० मंसिर । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने क्रममा भेटिएको पहेँलो वस्तु कुनै बहुमूल्य धातु नभएको पुनः पुष्टि भएको छ ।

अघिल्लो बिहीबार सुरुङ खन्ने क्रममा अम्बाथान साइटमा पहेँलो पदार्थ भेटिएपछि खानी बिभागमा परिक्षणका लागि पठाइएको थियो ।

बिभागले गत सोमबार नै त्यो वस्तु सुन नभएको प्रारम्भिक प्रतिवेदन दिइसकेको थियो । तर स्थानीयले सुन नै भएको दावी गरेपछि बिभागले पुनः परिक्षण गरेको थियो र अहिले पनि सुन नभएको प्रमाणित भएको खानी तथा भूगर्भ बिभागका प्रवक्ता केडी झाले जानकारी दिएको आजको कारोबार दैनिकमा उल्लेख छ ।

सुरुङ खन्ने क्रममा पहेँलो पदार्थ भेटिएपछि मेलम्चीको सुरुङ खन्ने काम नै रोकिएको थियो । खानी बिभागले सो स्थानमा १६.७ प्रतिशतमात्र तामा भेटिएको र यसलाई व्यवसायिक प्रयोगमा ल्याउन समेत नमिल्ने बताएको छ ।

No comments

Powered by Blogger.