Header Ads

मृत मानिस मात्र बस्ने संसारकै अनौठो ५ तारे होटल; आखिर के हो त कारण ? जानी राखौ

बिहिबार, मंसिर ३०, 

एजेन्सी। कसैको मृत्यु पश्चात लासलाई अन्तिम संस्कार दिईन्छ । तर एक यस्तो ठाउँ पनि छ जहाँ मरिसकेपछि मानिसलाई चिहानमा नभएर ५ तारे होटेलमा लगिन्छ । यस होटेलमा लासलाई यस्तो सेवा गरिन्छ जुन जिउदो मानिसलाई पनि गरिदैन । जान्नुहोस किन यो होटेल दुनियाभरमा प्रख्यात छ । लास्टेल कोर्प्से नामको यो ५ तारे होटेल जापानमा अवस्थित छ । तर यो होटेलमा जिउदो नभई मरेको मानिस बस्दछन् । उनीहरलाई यहाँ तरहतरह को सेवा दिने गरिन्छ ।

मृतकको परिवारका मानिसहरु तिनलाई गाड्नुभन्दा पहिले यहाँ लिएर आउछन । यस्तो यसकारण कि जापानमा कतिपय ठाउमा चिहानको कमि छ । जसको कारण मानिसलाई ४ दिन पहिले नै चिहान बुक गर्नु पर्छ । कुनै व्यक्ति मरिसकेपछि छिट्टै उसको शरिर सड्न थाल्छ । यस्तो अवस्थामा यस होटेलमा मृत शरीरलाई लामो समय सम्म सुरक्षित राख्ने गरिन्छ । यस होटेलमा सफाई,ठुलो कोठा र फ्रीजर जस्ता सुबिधा दिएर मृतकको रेखदेख गरिन्छ ।

यस होटेलमा एकपटकमा १८ मृत पाहुनालाई राखिन्छ । जबसम्म कि उनीहरुलाई चिहानमा ठाउँ मिल्दैन । यस होटेलमा आफ्नो मान्छेलाई राख्नको लागि १२००० येन दिनु पर्ने हुन्छ ।

No comments

Powered by Blogger.