Header Ads

आउने वर्षभित्रै नेपालमा राजतन्त्र पुन:स्थापना हुने खुलासा

 काठमाण्डौ, ३० मंसिर । स्याल कराउनु र कुखुरा हराउनु एकपटक भएको छ ।

प्रधानमन्त्री माओवादी केन्द्रको कार्यक्रममा संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्र एकैपटक सिद्धिन सक्छ भनिरहेका छन् भने आउने वर्षभित्रै नेपालमा राजतन्त्र पुन:स्थापना हुने खुलासा हुन थालेको छ ।
सामाजिक सञ्जालमा यो खबर भाइरल भइरहेको छ ।
गणतन्त्र कार्यान्वयन भएको १२ मा पनि राजनीतिक सारथी महारथीहरुले आफ्ना लागि गर्नुसम्म गरे, जनताका लागि माखो पनि मार्न सकेनन् भने देशलाई टुक्रा टुक्रा पार्ने बिखण्डनका षडयन्त्रमात्र गरेनन् कि विदेशी बुई चढेर नेपाल राष्ट्रलाई कमजोर पार्ने काम पनि गरे ।

यही कारण पूर्वराजा जता जान्छन् जय-जयकार हुन्छ, हिन्दूराष्ट्रका लागि हिन्दूहरु जुर्मुराएका छन् भने संघीयताले देश टुक्रा पार्नेभयो, एकता सिध्याउने भयो भनेर आम जनता चिन्तित मात्र छैनन्, राजतन्त्रै ठिक भनेर राजतन्त्रतिरै जनलहर उर्लिन थालेको छ ।

अव कांग्रेसका प्रभावशाली नेता खुमबहादुरदेखि राप्रपा र अन्य हिन्दूवादीहरु एक भएर हिन्दूराष्ट्र ल्याउन अघि सरेका छन् भने हिन्दूराष्ट्रसँगै हिन्दूराजा पनि आउने निश्चित मानिएको छ ।

यहीबेला कुनै बेलाका चर्चित पत्रकार विजयकुमारले सन २०१७ भित्रै राजतन्त्त फर्किने खुलासा गरेका छन् ।


No comments

Powered by Blogger.