Header Ads

मनीषा काण्डमा राखी जेल जान सक्ने

एजेन्सी ।
बलिउडमा कन्ट्रोभर्सी क्वीन भनेर समेत चिनिने राखी सावन्त जेल जाने सम्भावना बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

चलचित्र 'मुम्बई क्यन डन्स साला' का निर्देशक सचिन्द्र शर्मामाथि आफ्नी साथी मनीषासँग फिल्म खेल्न दिए बापत कास्टिक काउच अर्थात यौन सम्बन्ध राख्न प्रस्ताव राखेको रालगाएपछि उनी विवादमा तानिएकी हुन् ।

निर्देशक शर्माकी पत्नि मधु शर्माले राखी विरुद्ध मानहानीको मुद्धा लगाएकी छिन् । गत ११ डिसेम्बरमा 'मुम्बई क्यन डन्स साला'को गीत लन्च कार्यक्रममा राखी र मनीषाले निर्देशकमाथि काष्टिक काउचको आरोप लगाएका थिए ।

राखीले चर्चामा आउन यस्तो आरोप लगाएको भन्दै उनीमाथि मुद्धा परेको हो । यो आरोप पुष्टी भएमा राखी जेल जानेछिन् ।

No comments

Powered by Blogger.