Header Ads

किन ३८ वर्षपछि नाङ्लो रेष्टुरेन्ट बन्द हुनुको कारण यस्तो ?

काठमाडौं,पुस ७
दरबारमार्गस्थित नाङ्लो रेष्टुरेन्ट बन्द भएको छ। सबै कर्मचारी शनिबार पिकनिक गएका बेला त्यहीँ नाङ्लो बन्द भएको सूचना दिइएको थियो।
होटल सञ्चालक श्यामसुन्दरलाल कक्षपतिले घरधनीले घरभाडाको कन्ट्रयाक्ट अवधि बढाउन नचाहेकाले रेष्टुरेन्ट बन्द गर्नुपरेको बताए। ‘नाङ्लो मेरो कारणले बन्द भएको होइन र कर्मचारीका कारणले पनि होइन,’ उनले भने। घरधनीले घरको कन्ट्याक्ट अवधी बढाउन नमानेपछि बाध्य भएर आफूले रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेको उनले बताए। आजको पत्रपत्रिकामा खबर छापिएको छ।
रेष्टुरेन्ट सञ्चालनका लागि नयाँ स्थानको खोजिमा लागिसकेको होटल व्यवस्थापनले जनाएको छ।

No comments

Powered by Blogger.