Header Ads

रेखा थापा भन्छिन्,‘ आर्यन र विराज जस्ता सिरियल खेल्ने केटाहरुलाई मैले नै हिरो बनाएको हुँ’

काठमाडौं,पुस ५ –नायिका रेखा थापाले अहिलेका चल्तीका दुई हिरोहरु आर्यन सिग्देल र विराज भट्टहरु आफ्नो तुलनामा बच्चा नै भएको प्रतिक्रिया दिएकी छन् । उनले आर्यन र विराजलाई आफूले नै हिरो बनाएको दाबी समेत गरिन् ।
‘आर्यन सिग्देल,बिराज भट्टहरु त बच्चाहरु हुन्,’ रेखाले उनीहरुलाई आफूले हिरो बनाएको दाबी गर्दै अगाडि थपिन्,‘सिरियलमा खुम्चिएका केटाहरुलाई मैले नै हिरो बनाएको हुँ ।’
रेखाको बुझाइमा राजेश हमाल मेकानिक हुन्  । ‘सुटिङमा राजेश हमालले इन्करेज गर्लान,सिकाउँलान् भन्ने सोचेको थिएँ तर उनी त मेकानिक रहेछन्’,रेखाले राजेश हमालप्रतिको आफ्नो बुझाइबारे भनिन् ।
नायिका तथा निर्माता रेखा  र निर्माता छबि ओझाबीचको दाम्पत्य जीवनमा फाटो आएपछि उनीहरुबीचको सम्बन्धमा निकै नै चिसोपना बढेको देख्न सकिन्छ । छविले आफूलाई छुट्टिएपछि पनि दुःख दिएको भन्दै आफ्नो पूर्वपतिमाथि केही समयअघि रेखा थापा सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर जाइ नै लागिन् ,जसले निकै चर्चा पनि पायो । तिनै रेखा र छवि बीचको चर्चा अझै सेलाएको छैन । आजको नयाँ पत्रिका दैनिकसँग रेखाले छविले आफूलाई बनाएको नभएर आफूले छविलाई बनाएको बताएकी छन् ।
‘हिजो नमस्ते नेपालको टिनको छानामा बस्ने व्यक्तिको आफ्नो घर त बन्यो नि ,व्यानर बन्यो ,स्थापित प्रोड्युसर भए । हिजो नरेश पौडेल र श्याम खेतानको पछि थर्डमा हुन्थे,’ रेखाले छवि आफ्नै कारण व्यावसायिक रुपमा सफल भएको दाबी गर्दै भनेकी छन्,‘मैले फस्ट बनाए नि त । रेखा फिल्म्स् बनेपछि उहाँ सोले प्रोड्युसर बन्नुभएको हो । फिल्ममा अलरेडी मेरो नाम युज गरिन्थ्यो–रेखा थापाको हिम्मत,रेखा थापाको किस्मत । उहाँलाई त कसले चिन्थे र ?’
यसैबीच,रेखाले अबको दुई वर्षभित्रै बिहे गर्ने बताएकी छन् । उनले आफूलाई बिहे गर्ने तिब्र इच्छा भएको र अहिलेसम्म भने कोही पनि फेला नपरेको संकेत गर्दै भनेकी छन्,‘अबको दुई वर्षमा बिहे गर्छु । मेरा लागि पनि कहीँ न कहीँ कोही न कोही त लेखेकै होला । भेटिएन भने पनि मसँग अथाह उमेर बाँकी नै छ । ५० वर्षको उमेरमै भए पनि गरौंला ।’
थापाले सुदर्शन गौतमको प्रेममा रहे पनि उनीसँग बिहे हुने या नहुने बारे भने केही पनि बताएकी छैनन् । उनले सुदर्शनसँग प्रेम रहेको स्वीकार्दै भनेकी छन्,‘सुदर्शन र मेरो प्रेम छ । म उप्रति आशक्त भएँ ।’

No comments

Powered by Blogger.