Header Ads

"व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध "जुन एसएमएस भाइरल बन्यो

५ पुस, काठमाडौँ ।
'काठमाडौं उपत्यकाभित्र किशोरकिशोरी व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन्। थप जानकारीका लागि ९८०८९६९९९२१/९८०८९७०१११ मा फोन गर्नुहोला।' यो सन्देश (एसएमएस) शुक्रबार उपत्यकाभर भाइरल भयो। स्विस अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'टेरी डेस होम्मेस'ले ४४७४००३४३६५५ नम्बरबाट पठाएको यो सन्देश सामान्य नागरिक मात्रै नभएर मुलुकका न्यायाधीश, प्रहरी, सञ्चारकर्मीलगायत उच्चपदस्थको मोबाइलमा पुगेको थियो।

होम्मेसले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा बालबालिकाको व्यावसायिक यौनशोषण (सीएसईसी) को अवस्थाबारे जानकारी हासिल गर्न अभियानका रूपमा पहिलो चरणमा बिहीबार एनसेल र नेपाल टेलिकमका तीन लाख सेवाग्राहीलाई यस्तो सन्देश पठाएको उल्लेख छ। सन्देश भने शुक्रबारमात्रै भाइरल भएको खबर आजको अन्नपूर्ण पोस्ट ले छापेको छ ।

कार्यक्रमको जानकारी र सन्देश पठाउने सम्बन्धमा काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीलाई समेत भेट्न पुगेका संस्थाका कमचारीलाई कार्कीले यस्तो सन्देश पठाउन नहुने जबाफ दिए पनि होम्मेसले जबरजस्ती पठाएको थियो। सन्देश प्रहरीकै उच्च अधिकृतलाई पुगेपछि सोधीखोजी सुरु भएको थियो।

गैरसरकारी संस्था साथी, साथसाथ, विश्वास नेपाल र चेन्ज नेपालसँगको सहकार्यमा सन् २००५ देखि नेपालमा विभिन्न कार्यक्रम गर्दै आएको होम्मेसले प्रमुख जिल्ला अधिकारी संयोजक हुने मनिटरिङ एन्ड एक्सन कमिटीसँग अभियानबारे एमओयूमा हस्ताक्षर भइसकेको जनाएको छ। सन् २०१३ देखि २०१६ सम्म चल्ने यो अभियानले व्यावसायिक रूपमा बाल यौन दुव्र्यवहारको अवस्था चित्रण गर्ने होम्मेसले जनाएको छ।

No comments

Powered by Blogger.