Header Ads

गुडिरहेको बसमा करेन्ट लाग्दा चार जनाको मृत्यु

आइतबार, पौष ६,
सिन्धुपाल्चोकको बराम्ची–२, बालुवामा गुडिरहेको गाडीलाई लत्रेको हाइटेन्सन लाइनले छोएपछि  चार यात्रुको करेन्ट लागेर मृत्यु भएको छ । त्यस्तै सात जना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट सिन्धुपपाल्चोकको कात्तिके जाँदै गरेको बा २ ख २७०२ नम्बरको बसलाई तारले छुँदा सो घटना भएको हो  घटना दिउँसो १ बजे घटेको हो ।

बिजुली पोलको दूरी लामो हुँदा ११ हजार भोल्टेजको हाइटेन्सन तार लत्रिएको थियो । लत्रेको लाइनले बसको छतमा बसेका यात्रुलाई छुँदा घटनास्थलमै चार जनाको ज्यान गएको हो । ज्यान गुमाउनेहरुमा बतासे गाविस–३ की ७० वर्षीया मनमाया भुजेल, पाङटाङ गाविस–८ की करिब ४५ वर्षीया सर्किनी तामाङ र गोल्चे गाविस–४ का करिब ४० वर्षीय रेसबहादुर स्याङ्बो र बाँकीको  सनाखत भैनसकेको बराम्ची गाविसका कार्यालय सहायक रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार घाइते चार जनालाई एम्बुलेन्स र बाँकी तीन जनालाई मोटरसाइकलमा राखी जलविरेतिर उपचार लागि ल्याइएको छ।

उनका अनुसार मृतकको शरीर करेन्टले पूरै जलेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक खरेलले घटनाबारे जानकारी प्राप्त भए पनि विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

No comments

Powered by Blogger.