Header Ads

१२ वर्षीय बालिका बनिन् आमा !

एजेन्सी । भारतको जशपुरनगरस्थित जिल्ला अस्पतालमा एक १२ वर्षीय बालिकाले एक स्वस्थ शिशुलाई जन्म दिएकी छन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।
चाइल्ड लाइनको टिम अस्पतालले उक्त बच्चाको संरक्षण लिएको छ । १२ वर्षीय ती बालिकाको मानसिक अवस्था खराब भएका कारण परिवारले उनको हेरचाह गर्न छोडेपछि उनी अस्पतालमै रहँदै आएकी थिइन् ।
त्यही क्रममा उनी गर्भवती भएकी थिइन् । उनलाई अस्पतालकी डा.मन्जु मिन्जले सुरक्षित प्रसुती गराएकी हुन ।
मानसिक रुपमा बिक्षिप्त रहेकी उनले बच्चा जन्माउनुअघि नै चाइल्ड लाइनको टिमलाई जानकारी गराइएको थियो । आमा र बच्चा दुवैको अवस्था राम्रो भएपनि राम्रो हेरचाहको आवश्यकता रहृको चिकित्सकहरुको भनाई छ ।

No comments

Powered by Blogger.