Header Ads

झुट नबौलौं, माघ ८ मा संविधान बन्दैन

६ पुस, काठमाडौं ।
नेपाली कांग्रेसका युवा नेता एवं सभासद् गगन थापाले सहमतिका सबै आधार भत्किसकेको हुँदा माघ ८ गते संविधान जारी हुन नसक्ने अवस्थामा पुगेको बताएका छन् । नेपाल प्रेस युनियन बागलुङले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस युवा नेता थापाले अब माघ ८ गते भित्र कुनै पनि हालतमा संविधान बन्न नसक्ने कुरा स्पष्ट भइसकेको हुँदा अब कोही पनि भ्रममा नपरे हुने बताए ।

अघिल्लो संविधान सभाले बनाएका सहमतिलाई अहिलेको संविधान सभामा ल्याउने सहमति नभए पछि संविधान बनाउने नियम नमान्ने भए पछि अब माघ ८ गते संविधान नबन्ने भएको थापाको भनाइ छ ।

एमाओवादी र मधेशवादी दलले संविधान बनाउने कुनै पनि नियम नमान्ने प्रतिकारमा जाने भनेर आए पछि अब माघ ८ गते संविधान बन्छ भन्नु जनतालाई झुक्याउने कुरा मात्र हो थापाले बताए ।

अहिले पनि प्रधानमन्त्री लगायतका ८ जना शिर्ष नेता बसेर संविधान बनाउने वाचा कसम खाने गर्छन् तर उनीहरु संविधान बनाउने भन्दा पनि आफू कसरी राष्ट्रपति प्रधानमन्त्री बन्ने भन्ने ध्यानमा भएको कारणले पनि संविधान बन्न नसक्ने अवस्था आएको थापाले बताए ।

सरकार र सत्ताको स्वार्थ भएमा नेताहरुले आफू के बन्ने भन्ने कुरा स्पष्ट गरे भने बरु सजिलो हुने थियो कि एमाओवादी अध्यक्षले हिजो गरेको घोषणा पत्र विपरित अभिव्यक्ति दिदै हिडेको हुँदा एकपटक आफ्नो पार्टीको घोषणा पत्र हेर्न थापाले सुझाव दिएका थिए ।
nepaliheadlines.com बाट

No comments

Powered by Blogger.