Header Ads

मतपत्र गन्नै नमिल्ने गरी नोक्सान भय पछि भरतपुरमा हुने भयो पुनः निर्वाचन


भरतपुर,१९ जेठ–भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा ९० वटा मतपत्र गन्नै नमिल्ने गरी नोक्सान भएको पाइएको छ ।
मुख्य निर्वाचन अधिकृतसहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा राजनीतिक दलका प्रमुखको उपस्थितिमा बिहीबार च्यातिएको मतपत्र गणना गरिएको हो । निर्वाचन आयोगले मतपत्रको संख्याबारे जानकारी मागेपछि सर्वदलीय प्रतिनिधिसहित मतपत्र गणना गरिएको हो ।
च्यातिएको मतपत्रको संख्याबारे निर्वाचन आयोगमा प्रतिवेदन बुझाइसकेको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए । वडा नम्बर १९ मा कुल २ हजार ८ सय ९७ मत खसेको थियो । तीमध्ये १ हजार १ सय ९ मतगणना भइसकेको छ । ९ सय ९८ मत गन्न बाँकी छ । जेठ १४ गते राति मतगणनाका क्रममा एमाले र माओवादी केन्द्रका प्रतिनिधिबीच विवाद हुँदा मतपत्र च्यातिएको थियो ।
अन्नपूर्ण पोस्टबाट

No comments

Powered by Blogger.