Header Ads

होसियार !!! यस्ता लक्षण देखिएमा तपार्इकाे मृगौला फेल हुनसक्छ

सोमबार, पौष ०४, 
एजेन्सी । मृगौला फेल हुनु भनेको अन्तिम अवस्थामा मृगौलाले काम नगर्नु हो । यदि कोही व्यक्तिको मृगौला फेल भएको छ भने त्यसका लागि केही पनि गर्न सकिँदैन । यसका लागि डाइलासिस एकमात्र विकल्प हो । यसको माध्यमबाट शरीरको विकार पदार्थहरु बाहिर निकाल्ने काम गर्छ ।

मृगौलासम्बन्धी केही समस्या भएमा पहिला चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ । अाज हामी तपाईलाई मृगौला फेल हुँदा के कस्ता लक्षणहरु देखिन्छन् त्यो बारे जानकारी गराउने प्रयास गरेका छौ । जसले तपाईको स्वास्थ्य हेरचाहमा सहयोग पुर्‍याउँछ ।

छालामा असामान्य रुपमा डाबर अाउनु 

किड्नीमा समस्या हुँदा शरीरमा विभिन्न प्रकारका डाबरहरु अाउँछ । शरीरमा विषाक्त पदार्थ जम्मा हुने हुँदा छालामा रेसा तथा डाबर अाउँछ ।

एडेमा

एडेमाको पहिलो चरणमा केवल खुट्टा सुनिन्छ । यसकारण यो हुन्छ कि किड्नीले शरीर बाहिर पानी निकाल्न सक्दैन । यसले शरीरमा पानी जम्मा गरेर राख्छ ।

एनिमिया

किड्नीको एक मुख्य काम शरीरमा राता रक्तकोष निर्माणलाई व्यवस्थित बनाउँछ । दुर्भाग्य जब मृगौला फेल हुन सुरु गर्छ राता रक्तकोष निमार्णमा कमी अाउँछ जसकारण एनिमिया हुन्छ ।

बान्ता अाउनु र खानाको स्वादमा कमी अाउनु

मृगौला फेल हुने क्रममा शरीरमा विषाक्त पदार्थहरु बढ्छ जसले गर्दा बान्ता हुन्छ । र खानाको स्वाद पनि बिग्रिन्छ ।

हेमेट्युरिया

जब मृगौला फेल हुने प्रकृयामा पुग्छ, पिसाबमा रगत देखापर्छ । किड्नीमा समस्या हुँदा मानिसहरुमा विभिन्न प्रकारका समस्याहरुको सामना गर्नुपर्छ । जस्तै भ्रम, मतिभ्रम र मुड परिवर्तन ।

पिसाब कम अाउनु

माथिका लक्षणका साथै पिसाब कम अाउँछ भने किड्नीको समस्या भएको छ भनेर अनुमान भने लगाउन सकिन्छ ।

फिँजजस्तो पिसाब अाएमा

यदि पिसाबमा फिँज देखिएमा किड्नीको पहिलो लक्षणको संकेत हो । चिकित्सकका अनुसार शरीरबाट प्रोटिन निक्लनुको कारण यस्तो हुन्छ । त्यसपछि किड्नीको दोस्रो लक्षणमा शामिल हुन्छ ।

भोक कम लाग्नु

शरीरमा अवांछित पदार्थ अावश्यकभन्दा बढी जम्मा हुँदा यस्तो खाले लक्षण महशुस हुने गर्छ । चिकित्सकका अनुसार मृगौला बिरामीहरुमा यस्तो लक्षण अाएमा दोस्रो चरणमा पुगको भन्ने बुझिन्छ । यस्तो लक्षण देखा परेमा चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।

दिसामा रगत देखिनु

दिसामा रगत देखिएमा पनि कहिलेकाहीं किड्नी फेल हुने संकेत गरिन्छ ।

श्वास-प्रश्वासमा समस्या

जब मृगौलाको अवस्था खराब हुन थाल्छ, फोक्सोमा तरल पदार्थ जम्छ जसकारण सास लिन असुविधा हुन्छ । एनिमियाका कारण शरीरमा अक्सिजनको कमी हुन जान्छ जसले गर्दा पनि सास लिन कठिन हुन्छ ।

No comments

Powered by Blogger.