Header Ads

२४ नेपालीलाई अमेरिकाबाट देश निकाला

एजेन्सी । अमेरिकाको अध्यागमन अदालतले पछिल्लो महिना २४ नेपालीलाई देश निकाला गर्ने फैसला सुनाएको छ ।
अध्यागमन बिभागको तथ्यांक अनुसार अमेरिकाका ७ वटा राज्यमा रहेका ८ वटा अध्यागनमन अदालतले अक्टोबर र नोबेम्भर महिनामा २४ नेपाली लाई अमेरीका बाट निकाला गर्ने फैसला गरेको हो ।
२३ जनालाई अध्यागमन सम्वन्धि मुद्दामा देश निकाला गरिए पनि एक जनालाई जघन्य मुद्दामा दण्ति गर्दै सजाय सकिए पछि निकाला गर्ने जनाएको हो ।
न्युयोर्क सिटीको अध्यागमन अदालतले १० जना, क्यालिफोर्नियाको लस एन्जलसमा ५ तथा सान फ्रान्सिस्कोमा २ मेरिल्याण्ड अदालतले ३ कोलोराडो, कटेक्सास, भर्जिनियाका अदालतले एक एक जनालाई देश निकाला गरिएको हो ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले बिषेश अधिकार प्रयोग गर्दै देश निकाला कम गर्न आदेश जारी गरे पनि देश निकाला गत वर्षको भन्दा ४ प्रतिशतले बृद्धि भएको छ  ।

No comments

Powered by Blogger.