Header Ads

मरिसकेकी गर्भवती महिलाई डाक्टरले जिउदै राखे

आयरल्याण्डमा आन्तरिक रक्तश्रावका कारण दुइ हप्ता अगाडि मुलिंगारको मिडल्याण्ड क्षेत्रिय अस्पतालमा भर्ना भएकी एक युवतीको मृत्यु भएको भएपनि उनको गर्भमा रहेको १७ हप्ताको शिशु अझै जीवित रहेकोले उनलाई अस्पतालले मर्न नदिएर जिउदै राखेको छ |मस्तिष्कको मृत्यु भएको भएपनि उनको अन्य अंगले काम गरिरहेकोले बच्चाको जीवन रक्षाका निम्ति भेन्टिलेटरमा राखेर उनलाई जीवित बनाईएको छ |

नाम नखुलाइएकी ती महिलाको उमेर झण्डै २५ वर्ष रहेको बताइएको छ |अस्पतालले उनलाई बचाउन धेरै प्रयास गरेको भएपनि उनलाई बचाउन सकेको थिएन | उनको मस्तिष्क मृत बनिसकेपछि उनलाई मृत घोषणा गर्नुपूर्व डाक्टरहरुले पेटमा रहेको १७ हप्ताको बच्चाको बारेमा सोचेर ति महिलालाइ मर्न दिएनन् | जिउका अन्य अंगहरुले तत्काल काम गरिरहेको हुँदा पाठेघरमा रहेको शिशु जिउँदै थियो । यदि ती महिलालाई पूर्ण रुपमा मर्न दिएमा बच्चाको पनि ज्यान जान्थ्यो र २४ हप्ता भन्दा कम उमेरको भ्रुणलाई पाठेघर बाहिर ल्याएर बचाउन पनि सकिँदैनथ्यो । त्यस्तो कठीन परिस्थितिमा डाक्टरहरुले पेटको बच्चालाई बचाउनु अहम् कुरा ठाने र उनलाई भेन्टिलेटरमा राखेर जिवनदायिनी पदार्थ दिएर बच्चाका लागि जिउँदै राखिएको आइरिस इण्डिपेन्डेन्टले जनाएको छ ।महिलाका बुवा आमाले भने छोरीको मृत्यु भैसकेपछि पनि त्यसरी बँचाइराख्न नहुने भनेका थिए । तर परिवारका अन्य सदस्यले भने महिलालाई जिउँदै राख्न आग्रह गरेका थिए ।मरेको छोरीलाई यसरि रखिरहादा आफुलाई झन् पिडा भएको महिलाका आमा बुबाले बताएका छन |

छोरीलाई आफुहरुको इच्छा विपरित जिउँदै राखिएको भन्दै ती महिलाका अभिभावकहरुले अदालत गुहार्ने तयारी गरेका छन् ।|बच्चाको ज्यानको रक्षा गर्न मरिसकेकी महिलालाई जिउँदो बनाएर राखेका डाक्टरहरुले अब के गर्ने भन्ने बारेमा वकिलहरुसँग सल्लाह मागिरहेका छन् ।मुद्दा अदालत पुग्यो भने ति महिलालाई बचाउने कि के गर्ने भन्ने बिषयमा अदालत बाटै टुंगो लाग्नेछ |

No comments

Powered by Blogger.