Header Ads

कुन समयमा कफि पिउँदा स्वास्थलाई राम्रो ?

जाडोमा हामी सबैको लागी कफि लोकप्रिय बन्छ । मिठो स्वादका साथै जिउलाई पनि तताउने हुनाले यो लोकप्रिय बनेको हो । विश्वभर कफिको उत्पादन ७ लाख मेट्रिक टन हुन्छ । मानिसले औसतमा वर्षको १.३ किलो कफि पिउँछ । कफि पिउने मात्रा र समयले स्वास्थमा फाइदा पु¥याउछ भने हानी पनि गर्दछ । हालसालै वैज्ञानिकहरुले कफि पिउन कुन समय उपयुक्त छैन भन्ने बारे अनुसन्धान गरेका छन् । बिहान ८ बजे देखि ९ बजे , १ बजे देखि २ बजे र ५ बजे देखि ६ बजेको आसपासमा कफि पिउन उपयुक्त हुन्न ।
हाम्रो शरीरमा एक प्रकारको कोर्टिसोनी रसायन हुन्छ । यो रसायनको मात्रा शरीरमा बढी उत्पादन हुदाँ मोटोपनको क्रम बढ्ने , उच्च रक्तचाप, छालामा परिर्वतन आउने, तनाव बढ्ने, झर्को लाग्ने जस्ता परिर्वतन आउँछन् । बिहान ८ बजे देखि ९ बजे , १ बजे देखि २ बजे र ५ बजे देखि ६ बजेको आसपासमा हाम्रो शरीरमा कोर्टिसोनीको मात्रा बढेको हुन्छ । कोर्टिसोनीको मात्रा बढेको बेलामा कफि पिउदाँ यसले शरीरमा झन बढी असर गर्दछ । वैज्ञानिकहरुले शरीरलाई स्वस्थ राख्नका लागि यो तथ्य सार्वजनिक गरेका छन् । अत्याधिक मात्रामा कफि पिउने, खाना खानासाथ कफि खाने, बिहान उठ्ना साथ कफि खाने बानी भएका मानिसलाई हृदयाघात, हात र खुट्टा पहेँलो हुने, अनुहार छाती र पेटमा मासु बढ्ने, अनुहार गोलो हुँदै आउने, रक्तचाप बढ्ने, मांसपेशी कमजोर हुने चिन्ता, निराशा बढ्ने, तिर्खा बढी लाग्ने र पिशाब धेरै लाग्ने जस्ता समस्या देखा पदर्छन् ।

No comments

Powered by Blogger.