Header Ads

६ वर्षपछि प्रचण्डले फिर्ता गरे क्यामेरा

काठमाडौँ, पुस ७- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएका बेला कार्यालय प्रयोजनका लागि लगिएको क्यामेरा, लेन्सलगायतका सामान फिर्ता गरेको  भवन निर्माण सम्भार तथा डिभिजन कार्यालयले जनाएको छ।
 समान लगेको ६ वर्षपछि २०७१ कात्तिक ११ गते फोटोग्राफर दिनेश श्रेष्ठमार्फत दाहाल कार्यालयले फिर्ता गरेको जानकारी डिभिजन कार्यालयका प्रमुख टपेन्द्र खड्काले दिए। ‘उहाँहरूले लगेको क्यामेरालगायतका सामग्री फिर्ता गर्नुभयो’, खड्काले भने. आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
एक लाख १६ हजार आठ सय रुपैयाँ मूल्यका यी समान नबुझाएको समाचार अन्नपूर्ण पोस्टले कात्तिक ५ गते प्रकाशन गरेको थियो। ‘क्यामेरा पुरानो भइसकेको थियो, लेन्स, ब्यागलगायतका समान फिर्ता भएको छ, सानो कुरा कसरी बाहिर निस्कियो भन्दै गुनासो भएको थियो’, स्रोतले भन्यो।

No comments

Powered by Blogger.