Header Ads

मधेशलाई स्वतन्त्र देश बनाएर मात्र बिश्राम लिन्छु : सीके राउत

स्वतन्त्र मधेश गठबन्धनका केन्द्रिय संयोजक डाक्टर सीके राउतले मधेशलाई अखण्ड राज्य बनाएर छाडने बताएका छन ।  परासीमा आयोजित सभामा बोल्दै राउतले मधेशलाई स्वतन्त्र देश बनाएर मात्र बिश्राम लिने बताए ।
अब मधेशी जनता दास भएर होईन सम्मानका साथ जिउने वातावरण बनाउन मधेशी जनतालाई जगाउने राउतले बताए । मधेशी जनतालाई याहाको प्रहरी प्रशासनले दबाएर राखेको उनको भनाइ थियो ।
मधेशी जनता अब उपनिबेश भएर बाच्न नसक्ने बताउँदै राउतले यसका लागी पुन आन्दोलन गर्न सबैलाई आग्रह गरे । गठबन्धनका नवलपरासी जिल्ला संयोजक मदन यादवको अध्यक्षतामा भएको आम सभामा केन्द्रिय उप संयोजक कैलाश महतोले मधेशमा राजनीतिक चेतनाको खाँचो भएको बताएका थिए ।

No comments

Powered by Blogger.