बच्चाहरु गए बैंक लुट्न..
इजरायलको राजधानी तेल अवीवमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । १२ र १३ वर्षका दुई स्कुले विद्यार्थी गत पुस २ गते बुधबार बैंक लुट्न हिँडेका थिए त्यो पनि नक्कली बन्दुकको साथमा । दुबैले आफ्नो हातमा सक्कली जस्तो देखिने नक्कली राइफल आफ्नो हातमा लिएका थिए र पछाडि स्कुलको ब्याग पनि भिरेका थिए, सायद लुटिएको पैसा राख्नका लागि होला ।
यी दुई बच्चाहरुको तस्बिर बैंकको ढोकामा राखिएको सिसिटिभी क्यामरा कैद गरिएका तस्बिर हुन् । तर बैंक लुट्न गएका ती बालकहरु बैंक लुट्नुभन्दा अघि नै डराएर भागेका थिए । पुलिसका अनुसार दुबै बच्चाहरुसँग नक्कली एम १६ एसल्ट राइफल थियो जुन सक्कली जस्तो भान हुन्थ्यो । उनीहरुले बैंकमा उपस्थित मानिसहरुलाई बन्दुक देखाएर चेतावनी दिए जसका कारण त्यहाँ उपस्थित सबै मानिसहरु निकै डराएका थिए, पुलिस दिएको जानकारीमा उल्लेख छ ।
बैंकमा राखिएका सिसिटिभी क्यामरामा कैद गरिएका तस्बिरका आधारमा ती बालकहरुको पहिचान गराई पुलिसले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । ती बालकहरुसँग सोधपुछ चलिरहेको पुलिसले जानकारी दिएको छ । यता, बच्चाहरुको वकिल गील ग्याबेले ती अबोध बालकहरुको अधिकार हनन भएको आरोप लगाएका छन् । उनी भन्छन्, ‘ती बालकहरुलाई रातभरी कुर्सीमा सुत्न बाध्य बनाइएको छ जुन गैरकानुनी हो । ’
उनी भन्छन्, ‘ती बालकहरुलाई अपराधीको जस्तो नभई अलि भिन्न किसिमको व्यवहार गर्नुपर्ने हुन्छ ।’
स्रोतः डेली मेल
उनी भन्छन्, ‘ती बालकहरुलाई अपराधीको जस्तो नभई अलि भिन्न किसिमको व्यवहार गर्नुपर्ने हुन्छ ।’
स्रोतः डेली मेल
Post a Comment