Header Ads

दिपिकासँग रोमान्स गरेको हुँ: सिद्धार्थ

एजेन्सी ।
भारतका चर्चित ब्यवसायी विजय माल्याका छोरा सिद्धार्थ माल्याले आफूले दिपिका पादुकोणसँग रोमान्स गरेको पहिलो पटक सार्वजनिकरुपमा खुलासा गरेका छन् । हालै फ्रिडा पिन्टोसँग अफेर चलेको भन्दै चर्चा चलेका सिद्धार्थले आफू दिपिकासँग डेटिङ गएको स्वीकार गरेका हुन् । आफूले दिपिकासँग रोमान्स गरेको तर अनुष्का शर्मासँग भने कुनै चक्कर नचलेको उनको दावी छ । उनी फ्रिडासँग नजिकिएको चर्चा बलिउडमा चलिरहेको छ । केही दिन अघी मात्र फ्रिडाले आफ्ना प्रेमीसँग ब्रेकअप गरेको चर्चा चलेको थियो ।

No comments

Powered by Blogger.