Header Ads

पारस डेढ महिनादेखि जेलमा

काठमाडौं,पुस ७ –अवैध लागूऔषध सेवनका कारण थाइल्यान्डमा पटकपटक पक्राउ परेका पूर्वयुवराज पारस शाह डेढ महिनादेखि थाई कारागारमा बस्न बाध्य भएका छन् । उनी गत कात्तिक महिनाको अन्तिम सातादेखि थाइल्यान्डको रुङखाईस्थित कारागारमा रहनुपरेको हो ।
आजको राजधानी दैनिकका अनुसार पछिल्लो पटक अवैध लाग्ूऔषधसहित पक्राउ परेका पारसको मुद्दामा ाई अदालतले अन्तिम फैसला गरेको छैन । आगामी २७ डिसेम्बरमा उनको मुद्दाको पेसी रहेको छ । यसअघि मुद्दाको म्याद गुजारेको अभियोगमा थाई अदालतले उनलाई पुर्पक्षका लागि भन्दै कारागार पठाउने निर्णय गरेको थियो ।
पारसले तीनपटकसम्म मुद्दाको म्याद गुजारिसकेका थिए । स्रोतका अनुसार कारागारमा पुगेपछि पारसको केस मुण्डन गरिएको छ । थाई प्रहरीले उनको कपाल मुण्डन गरी मुडुलो बनाएको हो । यसैगरी उनको ड्रेसअप पनि बदलिएको छ ।

No comments

Powered by Blogger.