Header Ads

डाको छोडेर रोए बाबुराम


काठमाडौ पुस २

एकीकृत नेकपा माओवादीका नेता एंव पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जीवनमा पहिलो चोटी डाको छोडेर रोएका छन्।

बलात्कृत युवती पूजा बोहराले कानुनमन्त्रीलाई खुल्ला पत्र पढेर उनी आफू जीवनै पहिलो पटक रोएको भन्दै आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्।


‘हिजो सामूहिक बलात्कार पीडित नेपाली छोरी पूजा बोहराको मार्मिक पत्र पढेर जिन्दगीमा सम्भवतः पहिलोपटक डाको छोडेर रोएको थिएँ’ उनले भनेका छन्।

उनी आफै पनि ती पीडित युवतीलाई भेट्न उनकै घरमा गएको पनि बाबुरामले उल्लेख गरेका छन्।‘आज ती छोरीलाई घरमै भेट्दा र उनले बुवा भनेर सम्बोधन गर्दा थप भावुक बनेको छु’ उनले भनेका छन्।

त्यस्तै उनले पीडित युवतीलाई न्याय दिलाउन र उनका सबै सपना साकार पार्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

No comments

Powered by Blogger.